आइतबार, वैशाख २७, २०८३

स्वदेशमै बस्न प्रेरित गर्ने ‘चाहिँदैन भो पैसाको थुप्रो नी’

गायक सुदन गैरेको सुमधुर स्वरमा सजिएको 'चाहिदैन भो पैसाको थुप्रो नी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
 |  बिहीबार, माघ ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ५, २०७९

काठमाडौं- गायक सुदन गैरेको सुमधुर स्वरमा सजिएको 'चाहिदैन भो पैसाको थुप्रो नी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

National life

नेपाली समाजको यथार्थलाई समेटेर तयार पारिएको यस गीतमा पैसा कमाउनकै लागि विदेशिनु पर्दैन, विदेशजाने खर्चले नेपालमै केहि गर्न सकिन्छ भन्ने भन्ने भाव व्यक्त गरिएको छ।

गीतमा शब्द गणेश शाहीको रहेको छ भने संगीत स्वयम गायक गैरेको रहेको छ। गीतलाई पुष्कर सुनुवारले संगीत संयोजन गरेका हुन्। भिडियोमा दुई युवा दम्पतिको जीवन संघर्षलाई प्रस्तुत गरिएको छ।

भिडियोमा बिना राउत र सरोज प्रजा फिचर्ड छन्। फराज अर्पणले छायाँकन र सम्पादन गरेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो। भिडियो ‘राइट ट्युन इन्टरटेन्मेण्ट’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।

प्रकाशित: Jan 19, 2023| 08:50 बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्