बिहीबार, कात्तिक २७, २०८२

पल शाहको मुद्दामा अन्तिम छिनोफानो हुँदै

जिल्ला अदालत नवलपुरले २१ भदौमा फैसला गर्दै शाहलाई बलात्कार आरोपमा सफाइ दिए पनि बालयौन दुरुपयोग कसुरमा साढे २ वर्ष जेल सजायको फैसला भएको थियो।
 |  मंगलबार, माघ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ३, २०७९

काठमाडौं– नाबालिगमाथि यौन दुरुपयोगको आरोपमा तनहुँ कारागारमा रहेका नायक पल शाहको मुद्दामा मंगलबार अन्तिम सुनुवाइ हुने भएको छ। 

National life

शाहको मुद्दामा तनहुँ जिल्ला अदालतमा अन्तिम सुनुवाइ हुने उनका वकिल कमलामोहन वाग्लेले बताएका हुन्। 

यसअघि पटक–पटक पेशी तोकिए पनि मुद्दाको सुनुवाइ स्थगित हुँदै आएको थियो। पल नाबालिक बलात्कारको आरोपमा थुनामा छन्। 

सोही आरोपको मुद्दा नवलपुर जिल्ला अदालतमा पनि दर्ता भएको थियो। जिल्ला अदालत नवलपुरले २१ भदौमा फैसला गर्दै उनलाई बलात्कारको आरोपमा सफाइ दिए पनि बालयौन दुरुपयोग कसुरमा साढे २ वर्ष जेल सजायको फैसला भएको छ।

गत ११ फागुनमा शाहविरुद्ध गायिका समीक्षा अधिकारीले जबर्जस्ती करणीको जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता गराएकी थिइन्। त्यसपछि १५ फागुनमा आफैं प्रहरी कार्यालय पुगेर शाहले आत्मसमर्पण गरेका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 17, 2023| 11:37 मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्