शुक्रबार, भदौ ५, २०८३

यस्ता छन् कांग्रेस पौडेल समूहको भेलाका चार निष्कर्ष

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेलाले पार्टीको आसन्न महाधिवेशन, कोरोना महामारीलगायतका विषयमा चारबुँदे निष्कर्ष निकालेको छ।
 |  मंगलबार, साउन २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०७८

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेलाले पार्टीको आसन्न महाधिवेशन, कोरोना महामारीलगायतका विषयमा चारबुँदे निष्कर्ष निकालेको छ। पौडेल समूहका जिल्ला सभापतिहरूको राजधानीमा मंगलबार सम्पन्न भेलाले यस्तो निष्कर्ष निकालेको नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए। उनका अनुसार भेलाको चार निष्कर्ष यस प्रकार छन् :

१. क्रियाशील सदस्यता चाँडो टुंगो लगाउने, नयाँ कार्यतालिका ल्याएर  भ्याउने अवस्था रहे नियमित महाधिवेशन 

२. नियमित महाधिवेशन हुन नसके ०१४ नजिर र पार्टीको विधानमा टेकेर विशेष महाधिवेशन 

३. विद्यार्थी र शिक्षकलाई अविलम्ब खोप र पठनपाठन सञ्चालन गर्न माग

४. सबै खालका भ्रष्टाचार र भ्रष्टाचारका काण्ड छानबिन गर्न पूर्वप्रधानन्यायाधीको संयोजकत्वमा स्वतन्त्र छानबिन आयोग गठन गर्न माग 


प्रकाशित: Aug 10, 2021| 17:06 मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...