बिहीबार, कात्तिक २७, २०८२

बागमती प्रदेश सभामुखमा राप्रपाका पाठक निर्वाचित

आज बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनवाट पाठक सभामुखमा निर्वाचित भएका हुन्।
 |  शुक्रबार, पुस २९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २९, २०७९

National life
Laxmi sunrise bank
kumari

हेटौडा- बागमती प्रदेशसभाको सभामुखमा भुवन पाठक निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनवाट पाठक सभामुखमा निर्वाचित भएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्रीसमेत रहेका पाठकले ६२ मत पाएका छन् भने विपक्षमा ४९ मत परेको छ।  यसैगरी, सो निर्वाचनमा ७ जना प्रदेशसभा सदस्य तटस्थ बसेका थिए। पाठकलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत सत्तारुढ गठबन्धनको समर्थन रहेको थियो। 

बागमती प्रदेश सभाका लागि तीन जनाको उम्मेदवारी परेको थियो। जसअनुसार आज भएको निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टीकी सृजना सयजुलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो। दुवै उम्मेदवार अस्विकृत भए पछि भएको मतदान प्रक्रियावाट पाठक सभामुखमा निर्वाचित भएका हुन्। 

प्रकाशित: Jan 13, 2023| 14:41 शुक्रबार, पुस २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।