सोमबार, वैशाख ८, २०८२

नयाँ स्वरुपमा टर्टलः सामुन्द्रिक अनुभूति दिलाउने प्रयास

‘टर्टल लाउन्ज एण्ड क्लब’ नयाँ स्वरुपमा पुनः सञ्चालनमा आएको छ। क्रिसमस इभको अवसरमा चर्चित पप गायक सविन राईको विशेष सांगीतिक प्रस्तुतिसँगै ‘टर्टल लाउन्ज एण्ड क्लब’ सञ्चालनमा आएको हो।
 |  सोमबार, पुस २५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९

vianetvianet

काठमाडौं- ‘टर्टल लाउन्ज एण्ड क्लब’ नयाँ स्वरुपमा पुनः सञ्चालनमा आएको छ। क्रिसमस इभको अवसरमा चर्चित पप गायक सविन राईको विशेष सांगीतिक प्रस्तुतिसँगै ‘टर्टल लाउन्ज एण्ड क्लब’  सञ्चालनमा आएको हो। 

triton college

क्लबका सञ्चालक आयुष ठकुरीका अनुसार क्लबमा विभिन्न खानाका परिकारका साथै पारिवारिक वातावरणमा मनोरञ्जन लिन सकिन्छ। ‘टर्टल स्थापना भएको पाँच वर्ष भयो। यो अवधिमा ग्राहकलाई सेवासहितको मनोञ्जन दिँदै आइरहेका थियौं। ग्राहकलाई थप मनोरञ्जन दिने हेतुले ठमेलकै मनोरञ्जनका लागि सुविधायुक्त ‘टर्टल लाउन्ज एण्ड क्लब’ लाई नयाँ संरचनासहित सञ्चालन ल्याएका छौं’, ठकुरीले भने। 

ग्राहकले टर्टलमा क्लब मात्रै नभएर लाउन्जको सुविधा लिन सक्नेछन्। उनका अनुसार क्लबमा लाइभ सांगीतिक प्रस्तुति दिने अवधिको समयलाई ‘लाउन्ज’ समय भनिएको छ।  ‘त्यो समयमा पारिवारिक जमघट हुनेछ। वैवाहिक वर्षगाँठ, जन्मदिन मनाउन वा विभिन्न खाना खान परिवार आउनु भएको हुन्छ। लाउन्जको समय म्युजिक सुनेर ग्राहकले आनन्द लिन सक्नुहुन्छ’, ठकुरी भन्छन्, ‘दिनभरीको थकानलाई आनन्द महशुस गर्न क्लब आउने हो। क्लबको विषेशता भनेको पूर्ण रुपमा पारिवारिक वातावरण छ।' 

क्लबमा हरेक साँझ ७ बजेदेखि बेलुकी १२ बजेसम्म लाइभ म्युजिक हुनेछ। जसमा फरक–फरक ब्याण्डले सांगीतिक प्रस्तुति दिनेछन्। ‘१२ बजे देखि डिजे म्युजिक सुरु हुन्छ। त्यो क्लबिङ  रुचाउने ग्राहकले म्युजिकमा रमाउन सक्नुहुन्छ। हामीले सन्तुष्ट बनाउँन मनोरञ्जनको ढाँचालाई फरक बनाएका हौं’, ठकुरीले भने। 

ग्राहक ‘टर्टल लाउन्ज एण्ड क्लब’ भित्र प्रवेश गरेपछि समुन्द्रमा बसेको अनुभूत गराउने उनको भनाइ छ। ग्राहकलाई मध्यजनर गरी सुविधासम्पन्न र सुरक्षाका दृष्टिकोणले क्लबलाई थप व्यवस्थित गरिएको ठकुरीले बताए। ‘क्लब संस्कृतिको विकास भइसक्दा पनि क्लबहरु स्तरीय बन्न नसक्दा मनोरञ्जका लागि आएका ग्राहक असर पुगिरहेको हुन्छ। जसले क्लब आएका स्वादेश तथा विदेशी पाहुनाहरुलाई सुरक्षित वातावरणसहति सेवा–सुविधा पनि विस्तार गरेका छौं’, उनले भने।

National life insurance

प्रकाशित: Jan 09, 2023| 18:22 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्