नेपाली फिल्म ‘लभ स्टेशन’ को सोमबार पुशपतिनाथमा शुभ मुर्हत गरिएको छ । निर्देशक उज्वल घिमिरेको निर्देशन गर्ने ‘लभ स्टेशन’ मा लिलीबिलीमा रूचाएका जोडी प्रदीप खड्का र जसिता गुरूङ पुनः सँगै अपोजिट रोलमा देखिने भएका छन् ।
दर्शकले रूचाएका जोडीमा परेका प्रदीप र जसिता यस रोलका लागि उपयुक्त रहेको निर्देशक घिमिरेले बताए । अन्य कलाकारहरूमा निरूता सिंह, सरोज खनाल, नव कलाकार रश्मी पाण्डेको मुख्य भूमिका रहेको छ ।
फिल्मको सुटिङ दार्जिलिङ, सिक्किम जस्ता क्षेत्रमा हुने भएको छ । यस फिल्ममा संगीत भने शम्भुजित बाँस्कोटा, दीपक शर्मा, राजनराज सिवाकोटी र एलिश कार्कीको संयुक्त रूपमा रहनेछ । सुटिङको लागि असोज मंगलबार सुटिङ युनिट सिकिम्म जानेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४