सोमबार, मंसिर १, २०८२

'हिरोइनले मात्रै पनि फिल्म चल्छ'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं-  'इन्टु मिन्टु लन्डनमा' चलचित्रले इनिसियल व्यापार नै राम्रो गरेको छ। यससँगै शनिबार र आइतबार पनि राम्रो व्यापार गरेको थियो। 

यस सफलताबाट निमार्ण पक्ष निकै खुशी देखिएको छ। फिल्मकी मुख्य पात्र साम्राज्ञी शाहले फिल्म चल्नको लागि हिरो मात्रै सुपरस्टार हुनुपर्छ भन्ने छैन। हिरोइनले पनि फिल्मलाई चलाउन सक्ने बताएन्। 

 घमन्डी नायिका मानिने साम्राज्ञीको यस प्रकारको घुमाउरो रूपमा प्रतिक्रियाले आफ्नो स्टारडम देखाएको आभास देखिन्छ। 

‘ड्रिम्स’ बाट डेब्यु गरेकी साम्राज्ञीले हालसम्म चार फिल्म खेलेकी छिन्। जसमा, हलमा चलिरहेको इन्टुमिन्टु लन्डनमाले इनिसियल व्यापार नै बम्पर गरेको छ भने २ फिल्म सफल र दुई असफल छन्। ए मेरो हजुर र ड्रिम्स सफल रह्यो , भने ‘तिमी सँग’ औसत मै रह्यो। 

नेपाली फिल्म क्षेत्रमा उनको डिमान्ड पनि निकै छ। यस फिल्मलाई ‘दिल वाले दुल्हनीयाँ लेजाएङ्‍गे’ सँग पनि दाँजिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्