काठमाडौं– अभिनेत्री उपासना सिंह ठकुरीले पारिश्रमिक बढाए पनि निर्माता किरण नेपालीको फिल्म हात्तीछापमा अनुबन्ध हुने भएकी छन्। लगातर कबड्डी ४ र दुई नम्बरी हिट भएपछि अभिनेत्री उपसनाले पारिश्रमिक बढाइएकी हुन्। हालै रिलिज भएको फिल्म डिसेम्बर फल्सले बक्स अफिसमा दर्शक नपाए पनि अघिल्ला दुई फिल्मका कारण उपासनाले पारिश्रमिक बढाएकी हुन्।
दुई नम्बरीका निर्माताले नयाँ फिल्म ‘हात्तीछाप’मा उपासना प्रमुख महिला पात्रको रुपमा जोडिन थालेकी हुन्। दुई नम्बरीमा ६ लाख पारिश्रमिक लिएर काम गरेकी उपासनाले आफ्नो पारिश्रमिक १० लाख पु¥याएकी छन्। पारिश्रमिक बढाए पनि निर्माता किरण नेपालीले उपासनालाई नै लिने बताए।
रामबाबु गुरुङ निर्देशित फिल्म कबड्डी ४ ले बक्स अफिसमा सर्वाधिक कमाउने फिल्ममा दरियो, जसमा ठकुरीको मुख्य भूमिका थियो । दीपेन्द्र लामा निर्देशित दुई नम्बरी पनि हिट भयो। एक्सन–थ्रिलर फिल्म हात्तीछापमा निर्माता नेपाली अघिल्लो प्रोजेक्ट दुई नम्बरीकै कलाकारलाई दोहो¥याउन चाहन्छन्।
सोहीअनुसार सौगात मल्ल र दयाहाङ राईले पारिश्रमिकको सट्टामा फिल्मको नाफाको ४० प्रतिशत सेयर बाँडफाँटको सर्तमा फिल्म खेल्ने फाइनल भएको जानकारी उनले दिए।
किरणको हात्तीछापमा भने भुटानी नायिका उगेन छोदेन भने हुने छैनन्। किरणले यसपालि निर्देशक फेरेका छन्। उनले लामाको ठाउँमा सिमोस सुनुवारले निर्देशकमा अनुबन्धित गरेका छन्। प्रदीप भारद्वाजको लेखन रहेको यो फिल्मको छायांकन चैतदेखि सुरु गर्ने तयारी छ।