आइतबार, साउन १८, २०८२

तरुण दलको कार्यसमितिलाई पूर्णता दिन सभापति देउवाको निर्देशन

१० भ्रातृ संस्थाको केन्द्रीय समिति भंग गरेको कांग्रेसमा हालसम्म पाँच भ्रातृ संस्थाको मूल नेतृत्व मात्रै सभापति देउवाबाट मनोनीत भएका छन्।
 |  बुधबार, पुस २०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस २०, २०७९

vianetvianet

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले तरुण दलको कार्यसमितिलाई पूर्णता दिन तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई निर्देशन दिएका छन्। त्यसका लागि पार्टीका नेताहरुसँग छलफल गर्न उनले गुरुङलाई अह्राएका छन्।

अध्यक्ष गुरुङले बुधबार सभापति देउवालाई धुम्बाराही निवासमा भेटेका थिए। अन्य समूहका नेताहरुलाई भेटेर तरुण दललाई पूर्णता दिन सभापतिले निर्देशन दिएको गुरुङले बताए। सबैसँग छलफल गरी सहमतिमा तरुण दलको पूर्ण कार्यसमिति बनाउन देउवाले निर्देशन दिएको उनको भनाइ छ। 

विधानतः तरुण दलको कार्यसमिति ९५ सदस्यीय हुने व्यवस्था छ। पार्टी केन्द्रको निर्णयअनुसार संघको निर्वाचन सकिएको तीन महिनाभित्र भ्रातृ संस्थाले अधिवेशन गर्नुपर्छ। १० भ्रातृ संस्थाको केन्द्रीय समिति भंग गरेको कांग्रेसमा हालसम्म पाँच भ्रातृ संस्थाको मूल नेतृत्व मात्रै सभापति देउवाबाट मनोनीत भएका छन्।

प्रकाशित: Jan 04, 2023| 13:31 बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...