सोमबार, जेठ ४, २०८३

कांग्रेस केन्द्रीय समिति बैठक २८ पुसमा, २३ गते संसदीय दलको बैठक

केन्द्रीय समिति बैठक २८ पुस दिउँसो १ बजे बस्ने तय भएको छ। केन्द्रीय समिति बैठक मूल रुपमा गत निर्वाचनको समीक्षा गर्न बोलाइएको हो।
 |  बुधबार, पुस २०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २०, २०७९

National life

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ६ दिन पछिलाई सारिएको छ। २२ पुस शुक्रबारका लागि बोलाइएको बैठक २८ गतेलाई सारिएको हो। 

केन्द्रीय समिति बैठक २८ पुस दिउँसो १ बजे बस्ने तय भएको छ। केन्द्रीय समिति बैठक मूल रुपमा गत निर्वाचनको समीक्षा गर्न बोलाइएको हो। बैठकका छलफलका एजेण्डामाा समसामयिक राजनीतिक सन्दर्भ र विविधसमेत राखिएको छ। ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कांग्रेसको केन्द्रीय समिति बैठक बसेको छैन।

यसैगरी कांग्रेस संसदीय दलको बैठक २३ पुसमा बस्ने भएको छ। प्रतिनिधिसभाको अधिवेशन पुस २५ मा प्रारम्भ हुने मितिलाई दृष्टिगत गर्दै कांग्रेसले २३ गते संसदीय दलको बैठक बोलाएको हो। बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा अपरान्ह १ बजे बस्नेछ।


प्रकाशित: Jan 04, 2023| 12:44 बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...