काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ६ दिन पछिलाई सारिएको छ। २२ पुस शुक्रबारका लागि बोलाइएको बैठक २८ गतेलाई सारिएको हो।
केन्द्रीय समिति बैठक २८ पुस दिउँसो १ बजे बस्ने तय भएको छ। केन्द्रीय समिति बैठक मूल रुपमा गत निर्वाचनको समीक्षा गर्न बोलाइएको हो। बैठकका छलफलका एजेण्डामाा समसामयिक राजनीतिक सन्दर्भ र विविधसमेत राखिएको छ। ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कांग्रेसको केन्द्रीय समिति बैठक बसेको छैन।
यसैगरी कांग्रेस संसदीय दलको बैठक २३ पुसमा बस्ने भएको छ। प्रतिनिधिसभाको अधिवेशन पुस २५ मा प्रारम्भ हुने मितिलाई दृष्टिगत गर्दै कांग्रेसले २३ गते संसदीय दलको बैठक बोलाएको हो। बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा अपरान्ह १ बजे बस्नेछ।