शुक्रबार, भदौ ५, २०८३

पौडेल समूहको निष्कर्ष– भदौमा विशेष महाधिवेशन

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भदौभित्र पार्टीको विशेष महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ।
 |  मंगलबार, साउन २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०७८

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भदौभित्र पार्टीको विशेष महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ। जिल्ला सभापतिहरूको मंगलबार सम्पन्न भेलाले तोकिएको समयमा चौधौं महाधिवेशन सम्भव नरहेको भन्दै विशेष महाधिवेशन गर्ने निष्कर्ष निकालेको नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए। 

भेलाले तेह्रौं महाधिवेशनकै प्रतिनिधिबाट विशेष महाधिवेशन गर्न सकिने निष्कर्ष निकालेको छ। उनले भने, ‘जिल्ला सभापतिहरूको दुई दिनसम्म चलेको भेलाले तेह्रौं महाधिवेशनका प्रतिनिधिबाट भदौभित्र विशेष महाधिवेशन गर्नुपर्ने निचोड निकालेको छ।’ 

सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको अवस्थामा भदौमै चौधौं महाधिवेशन सम्भव नभएको भेलाको निष्कर्ष छ। यसबाट आगामी फागुनमा सुरु हुने स्थानीय तहको निर्वाचनका लागि पनि सहयोग पुग्ने केसीले बताए। 

भेलामा क्रियाशील सदस्यता विवाद हुँदा तल्ला तहको अधिवेशन प्रभावित भएको र महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न ढिलो भएको विषयमा सभापतिहरुले नेतृत्वको आलोचना गरेका  थिए।


प्रकाशित: Aug 10, 2021| 15:46 मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...