शनिबार, साउन १७, २०८२

सरकारमा जाने–नजानेबारे निर्णय गर्न सकेन नेकपा एसले

नेकपा एकीकृत समाजवादीले सरकारमा जाने–नजानेबारे निर्णय गर्ने जिम्मेवारी केन्द्रीय सचिवालयलाई दिने निर्णय गरेको छ।
 |  मंगलबार, पुस १९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १९, २०७९

vianetvianet

काठमाडौं– नेकपा एकीकृत समाजवादीले सरकारमा जाने–नजानेबारे निर्णय गर्ने जिम्मेवारी केन्द्रीय सचिवालयलाई दिने निर्णय गरेको छ।

पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले मंगलबार बसेको पोलिटब्यूरो बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन्। उनले आज बसेको बैठकले दुई वटा निर्णय गरेको पनि बताए। पहिलो– वामपन्थी मतहरूलाई एक ठाउँमा ल्याउने, मोर्चाबन्दी गर्ने, त्यसको केन्द्र भागमा रहेर काम गर्ने विषयमा सधैंभरी कटिबद्ध रहेर काम गर्ने र दोस्रो– सरकारमा जाने विषयको निर्णय पनि केन्द्रीय सचिवालयले गर्ने उल्लेख छ।

केन्द्रीय सचिवालयमा पार्टीका पदाधिकारीहरू छन्।

पार्टीको सार्वजनिक आलोचना नगर्न अध्यक्षको निर्देशन
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबै सदस्यहरूलाई पार्टीको आधिकारिक निर्णय र नीति विपरीत सार्वजनिक रुपमा पार्टीको आलोचना तथा विरोध नगर्न निर्देशन दिएका छन्।

आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले असन्तुष्टि भए बैठकमै छलफल गर्न पनि आग्रह गरेका थिए। 

पछिल्लो समय मुकुन्द न्यौपाने, रामकुमारी झाँक्रीलगायत नेताहरूले निर्वाचनको परिणाम आएपछि सार्वजनिक रुपमा पार्टीको आलोचना गरेका थिए। बैठकमा अध्यक्ष नेपालले नेता–कार्यकर्तालाई पार्टीको नीति र निर्णयविपरीत अभिव्यक्ति नदिन निर्देशन दिएका थिए। आफ्नै अध्यक्षको बदख्वाइँ गरेको भन्दै अध्यक्ष नेपाल आक्रोशित पनि बनेका थिए।

नेकपा एकीकृत समाजवादी सरकार गठनको प्रक्रियाबाट बाहिरिएपछि एकीकृत समाजवादीका नेताहरूले अध्यक्षको आलोचना गर्न थालेका छन्। सरकारमा सामेल हुने विषयमा पनि कतिपय नेताहरूले पार्टीको निर्णयविपरीत अभिव्यक्ति दिइरहेका छन्।

प्रकाशित: Jan 03, 2023| 16:01 मंगलबार, पुस १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...