शनिबार, साउन १७, २०८२

रामचन्द्र पौडेलले भने- राष्ट्रिय सहमतिको सरकार चाहियो

राजनीतिमा एक थोक सोच्दा अर्को थोक हुने गरेकाले गठबन्धन पनि त्यसैअनुसार टुटेको नेता पौडेलेको तर्क।
 |  मंगलबार, पुस १९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १९, २०७९

vianetvianet

काठमाडौं– कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सात दलीय गठबन्धनले मुलुकमा अस्थिरता ल्याउने संकेत देखिएकाले राष्ट्रिय सहमतिको सरकार गठनका पार्टीले प्रयास गर्नुपर्ने बताएका छन्। मंगलबार निवर्तमान सभामुख र उपसभामुखको संस्था स्पिकर्स फोरमले राजधानीमा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले यस्तो बताएका हुन्।

उनले भने, ‘राष्ट्रिय सहमति खोज्ने बेला आएको छ। धेरैलाई प्रतिपक्षमा कांग्रेस पुग्ने भएपछि यस्तो भन्यो भन्ने लाग्ला। सधैं अस्थिरता भयो। त्यसैले मैले राष्ट्रिय सहमतिको सरकार भनेको हुँ।’ 

उनले राजनीतिमा एक थोक सोच्दा अर्को थोक हुने गरेकाले गठबन्धन पनि त्यसैअनुसार टुटेको बताए। ‘एक थोक सोच्यो अर्को थोक हुन्छ। हाम्रो हिसाबै मिल्दैन। रुखले हँसिया हथौडा र हँसिया हथौडाले रुखलाई भोट हालेको हो। यो सिद्धान्तविपरीतै थियो। एक–दुई कम सिट बहुमत नपुगे पनि राम्रै थियो। एकाएक गठबन्धन हाइज्याक भयो,’ उनले भने। उनले आफूलाई सत्ताभन्दा व्यवस्थाको चिन्ता लाग्ने गरेको दाबी गरे। 

प्रकाशित: Jan 03, 2023| 13:35 मंगलबार, पुस १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...