शुक्रबार, साउन १६, २०८२

२६ पुसमा विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

११ पुसमा प्रधानमन्त्रीको सपथ लिएका प्रचण्डले २६ पुसमा विश्वासको मत लिने विषय संसद्को कार्यसूचीमा राख्न पत्र पठाएका हुन्।
 |  सोमबार, पुस १८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, पुस १८, २०७९

vianetvianet

काठमाडौं– सात दलीय गठबन्धनबाट गत साता सरकारको नेतृत्वमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी २६ पुसमा संसद्मा विश्वासको मत लिने भएका छन्। ११ पुसमा प्रधानमन्त्रीको सपथ लिएका प्रचण्डले २६ पुसमा विश्वासको मत लिने विषय संसद्को कार्यसूचीमा राख्न पत्र पठाएका हुन्। 

‘२६ पुसमा विश्वासको मत लिने विषयलाई संसदको कार्यसूचीमा राख्न प्रधानमन्त्रीले पत्र पठाउनुभएको छ,’ संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने। 

प्रचण्ड संविधानको धारा ७६ को उपधारा २ बमोजिम सात दलीय समर्थनमा प्रधानमन्त्री बनेका हुन्। प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। नयाँ प्रतिनिधिसभाको पहिलो बैठक २५ पुसलाई बोलाइएको छ। संसद् सुरु भएको अर्को दिन नै प्रचण्डले विश्वासको मत लिने भएका हुन्।


प्रकाशित: Jan 02, 2023| 14:18 सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...