बुधबार, साउन १४, २०८२

सुदूरपश्चिम प्रदेशसभा सदस्यले लिए सपथ

ज्येष्ठ सदस्य रावलले प्रदेशसभाका बाँकी ५२ सदस्यलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन्।
 |  शुक्रबार, पुस १५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १५, २०७९

vianetvianet

धनगढी– सुदूरपश्चिम प्रदेशसभामा प्रत्यक्ष तथा समानुपातिक प्रणालीबाट निर्वाचित प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको सपथ लिएका छन्।शुक्रबार १ बजे प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावललाई प्रदेश प्रमुख देवराज जोशीले सपथ गराए। रावललाई प्रदेश प्रमुखको कार्यालयमै सपथ गराइएको थियो।

त्यसलगत्तै प्रदेशसभा सदस्यलाई सुदूरपश्चिम प्रदेशसभामा सपथ गराइएको हो। रावलले प्रदेशसभाका बाँकी ५२ सदस्यलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन्। शपथपछि प्रदेशसभा सचिवालयले चियापनको अयोजना गरेको थियो।

६ जनाले लिए मातृ भाषा र स्थानीय पहिरनमा सपथ

४ मंसिरमा सम्पन्न प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेशसभा सदस्यमध्ये ६ जनाले मातृ भाषा र स्थानीय पहिरनमा सपथ लिएका छन्। नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित पाँच तथा कांग्रेसबाट निर्वाचित एक जना सदस्यले मातृ भाषामा सपथ लिएका हुन्।

मातृभाषमा शपथ लिनेमा कैलाली १ प्रदेशसभा ‘क’ बाट निर्वाचित कैलाश चौधरी, प्रदेशसभा ‘ख’ का लक्ष्मण किशोर चौधरी, निर्वाचन क्षेत्र २ प्रदेशसभा ‘ख’ का रामेश्वर चौधरी, निर्वाचन क्षेत्र ३ प्रदेशसभा ‘क’ का घनश्याम चौधरी र २ का खुसीराम डगौरा थारुसँगै कांग्रेसबाट समानुपातिक तर्फबाट निर्वाचित कञ्चनपुरकी गीताकुमारी चौधरीले स्थानीय भाषामा सपथ लिन निवेदन दिएका थिए।

प्रकाशित: Dec 30, 2022| 15:33 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...