काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेट गरेका छन्। शुक्रबार राजदूत श्रीवास्तवले प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डलाई भेटेका हुन्।
भेटमा प्रधानमन्त्री प्रचण्डसमक्ष राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाइपत्र हस्तान्तरण गरेको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए। शर्माका अनुसार भेटमा नेपाल–भारतबीचको सम्बन्धलाई थप मजबुत बनाउनेबारे छलफल भएको थियो।