शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • देउवालाई ओलीको व्यंग्यात्मक आग्रह– मेरो दलका केही मान्छेलाई मन्त्री बनाइदिनुस् न प्लिज

देउवालाई ओलीको व्यंग्यात्मक आग्रह– मेरो दलका केही मान्छेलाई मन्त्री बनाइदिनुस् न प्लिज

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका केही सांसदलाई मन्त्री बनाइदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन्।
 |  मंगलबार, साउन २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०७८

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका केही सांसदलाई मन्त्री बनाइदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन्।

मंगलबार संसद् बैठकमा उनले भने, ‘प्रधानमन्त्रीज्यूलाई एउटा कुरा अनुरोध गर्नुपर्यो जस्तो लाग्यो। मेरै पार्टीका केही मानिसहरु पाउँला र खाउँला भनेर यहाँको पछि कुदेका छन्। प्रधानमन्त्रीज्यू,

तिनीहरुलाई मन्त्री दिनुस् न, किन बिलम्ब गर्नुभएको? हिरिक्क हिरिक्क भएका छन् बिचराहरु मन्त्री खानका लागि। पछि त लगाइसक्नुभो, मन्त्री पनि बनाइदिनुस्। दौडिँदा दौडिँदा फ्याँ फ्याँ, स्वाँ स्वाँ गर्या छन्। मन्त्री खान पाउँ भनेका छन्, बिहान–बेलुकै चाकरीमा हाजिर भएका छन्। मन्त्री दिइदिनुस प्लिज! मेरो दलमा अलिकति घाटा भए पनि सहुँला बुझाउँला।’

स्मरण रहोस्, एमालेकै माधव नेपाल पक्षका केही सांसदको समर्थनमा सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री बनेका हुन्। देउवा प्रधानमन्त्री भएपछि एमालेभित्रको किचलो झन् बढेको छ। 

प्रकाशित: Aug 10, 2021| 15:18 मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...