सोमबार, वैशाख ८, २०८२
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • बोर्ड र सूर्य कर्पोरेसनबीच दुबईमा नेपाली सिनेमा फेस्ट आयोजना गर्न सम्झौता

बोर्ड र सूर्य कर्पोरेसनबीच दुबईमा नेपाली सिनेमा फेस्ट आयोजना गर्न सम्झौता

दुबईमा आगामी १–३ फागुनसम्म नेपाली सिनेमा फेस्ट कार्यक्रम आयोजना हुँदै छ।
 |  शुक्रबार, पुस १५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १५, २०७९

vianetvianet

काठमाडौं– चलचित्र विकास बोर्डले ‘टेकिङ नेपाली सिनेमा टु द वल्र्ड’ नारासहित आयोजना गर्न लागेको ‘नेपाली सिनेमा फेस्ट २०२३’का लागि सूर्य कर्पोरेसनसँग सम्झौता गरेको छ।

triton college

बोर्डले पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रम व्यवस्थापन कर्पोरेसनलाई दिने गरी अध्यक्ष भुवन केसी र कम्पनीका सीईओ वासुदेव लामिछानेबीच सम्झौतामा हस्ताक्षर भएको हो।

संयुक्त अरब इमिरेट्सको दुबईमा आगामी सन् २०२३ फेब्रुअरी १३ देखि १५ (१–३ फागुन)सम्म यो कार्यक्रमको आयोजना हुँदै छ।

सञ्चार मन्त्रालयका सचिव र बोर्ड अध्यक्षबीचको कार्ययोजनाअनुसार बोर्डको वार्षिक कार्यक्रमअन्तर्गत निजी क्षेत्रसँगको सहकार्यमा अन्तर्राष्ट्रिय स्तरमा हुने यो कार्यक्रम आयोजना हुन लागेको हो। यो बोर्डद्वारा आयोजना हुने अन्तर्राष्ट्रिय स्तरको पहिलो कार्यक्रम हो।

तीन दिनको कार्यक्रममा अरबी भाषामा उपशीर्षक गरी नेपाली चलचित्रको प्रदर्शनी, नेपालबाट जाने तथा युएईमै रहने कलाकारका विभिन्न प्रस्तुति, युएईमा नेपाली चलचित्रको बजार विस्तार तथा छायांकन सुविधा पहलका लागि त्यहाँको सरकारका प्रतिनिधि, त्यहाँस्थित नेपाली दूतावास, व्यापारी, विशिष्ट व्यक्ति तथा कलाकर्मीबीच अन्तरक्रिया हुनेछ। 

National life insurance

कार्यक्रममा ‘फिल्मिङ डेस्टिनेसन अफ नेपाल’ परियोजनाअन्तर्गत गण्डकी प्रदेशको डकुमेन्ट्री दुबईका कूटनीतिक अधिकारीको साथमा अरबी भाषामा सबटाइटल गरी प्रदर्शन हुनेछ।

पत्रकार सम्लेनमा बोर्ड अध्यक्ष केसीले अन्तराष्ट्रिय स्तरमा नेपाली चलचित्रको बजार विस्तारको पहलका लागि सुरु गरिएको यो कार्यक्रम नेपाली राष्ट्रिय चलचित्र उद्योगको लागि महत्त्वपूर्ण रहेको बताए। उनले नेपालीको उल्लेख्य उपस्थिति रहेको युएईमा नेपाली चलचित्रको सेन्सरमा सहजता ल्याउन, निरन्तर रुपमा चलचित्र प्रदर्शनीको वातावरण मिलाउन, नेपाल खुला छायांकन स्टुडियो हो भनेर संसारलाई चिनाउन, युएई र नेपालको कला–संस्कृति सहकार्यका लागि कार्यक्रमले महत्त्वपूर्ण भूमिका वहन गर्ने विश्वास व्यक्त गरे।

बोर्डसँग यूएईपछि अन्य अन्तर्राष्ट्रिय बजारमा पनि विभिन्न कार्यक्रम आयोजना गर्ने योजना रहेको अध्यक्ष केसीले बताए।

प्रकाशित: Dec 30, 2022| 12:53 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्