सोमबार, जेठ ७, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • जब युवाहरू नारायणी जोगाउने अभियानसहित माटो दान गर्न महानगर पुगे

जब युवाहरू नारायणी जोगाउने अभियानसहित माटो दान गर्न महानगर पुगे

भरतपुर महानगर–१ स्थित नारायणी नदी किनारमा चितवन महोत्सवका क्रममा चितवन उद्योग वाणिज्य संघले भरतपुर महानगरको स्वीकृतिमा माटोको सट्टा १५० टन बढी प्लास्टिकजन्य फोहोर राखेर खाल्डो पुरेपछि युवाहरू निरन्तर आन्दोलनमा जुटेका छन्। सोही आन्दोलनअन्र्तगत वातावरण अभियन्ता विरोधको स्वरुप फेर्दै यसरी माटो दान गर्न महानगर पुगेका हुन्।
 |  शुक्रबार, पुस १५, २०७९

निशा श्रेष्ठ

निशा श्रेष्ठ

शुक्रबार, पुस १५, २०७९

भरतपुर– बिहीबार दिउँसो भरतपुर महानगर परिसरमा एउटा दृश्य देखियो। चितवनका  वातावरणप्रति चिन्तित सामाजिक अभियन्ता युवाहरू हात हातमा माटो र सन्देशमूलक सन्देश पम्प्लेट बोकेर महानगर पुगेको दृश्य रोचक र अर्थपूर्ण  देखिन्थ्यो। भरतपुर महानगर–१ स्थित नारायणी नदी किनारमा चितवन महोत्सवका क्रममा चितवन उद्योग वाणिज्य संघले भरतपुर महानगरको स्वीकृतिमा माटोको सट्टा १५० टन बढी प्लास्टिकजन्य फोहोर राखेर खाल्डो पुरेपछि युवाहरू निरन्तर आन्दोलनमा जुटेका छन्।

triton college

सोही आन्दोलनअन्र्तगत वातावरण अभियन्ता विरोधको स्वरुप फेर्दै यसरी माटो दान गर्न महानगर पुगेका हुन्। उनीहरू हातहातमा माटो राखिएका स–साना झोला झुन्ड्याउँदै महानगर परिसरमै एक घन्टाजति बाहिरै अलमलिए। यो बीचमा उनीहरूले सेभ नारायणी, माटोको विकल्प फोहोर होइन, आउने पुस्ताले जलप्राणी देख्न पाउला?, सक्छौ संरक्षण गर नसके विनास नगर लेखिएकाका सन्देशमूलक पम्प्लेट प्रदर्शन गरे।

नदी किनारमा पुरिएको फोहोर निकालेर अन्तै व्यवस्थापन गर्न र दीर्घकालीन ल्यान्डफिल साइट निर्माणका लागि दबाब दिऔं लेखिएको कपडाको ब्यानरमा  ऐक्यबद्धता जनाउँदै हस्ताक्षर संकलन गरे।नारायाणी बचाऔं अभियानलाई ऐक्यबद्धता जनाउँदै माटो बोकेर पुगेका ५० बढी  युवा  महानगर प्रमुख÷उपप्रमुख अथवा वातावरण शाखा प्रमुख÷प्रशासकीय अधिकृत कसैलाई भेटेर माटो दान गर्न चाहे पनि त्यहाँ खोजेका कोही पनि भेटिएनन्। अनन्तः युवाहरूले आफूले लगेको माटो मेयर रेनु दाहालकै कार्यकक्ष बाहिरको परिसरमा थुपारे। 

भरतपुर महानगर–१ स्थित नारायणी नदी किनारमा चितवन महोत्सवका क्रममा चितवन उद्योग वाणिज्य संघले भरतपुर महानगरको स्वीकृतिमा माटोको सट्टा १५० टन बढी प्लास्टिकजन्य फोहोर राखेर खाल्डो पुरेपछि युवाहरू निरन्तर आन्दोलनमा जुटेका छन्। सोही आन्दोलनअन्र्तगत वातावरण अभियन्ता विरोधको स्वरुप फेर्दै यसरी माटो दान गर्न महानगर पुगेका हुन्।
त्यसमाथि उनीहरूले साथमा लगेका सन्देशमूलक पम्प्लेट र सँगै नारायणी बचाउ अभियानको ऐक्यबद्धताका लागि संकलित हस्ताक्षर पनि महानगरभित्रै टाँगेर उनीहरू निस्किए। यो अभियानको नेतृत्व गरिरहेका बेटर चितवनका संस्थापक अध्यक्ष सागर कार्कीले  २५ दिनयता सिर्जनात्मक हिसाबले अभियानलाई अगाडि बढाए पनि नेतृत्वलाई थप दबाब दिन फरक स्वरुपको माटो दान कार्यक्रम राखिएको बताए। उनले पुरिएको फोहोर निकाल्न दबाब दिँदै आए पनि नेतृत्वले सुनैकै नसुन्यै गरेको आरोप लगाए। 

‘आजसम्म हामीले सिर्जनात्मक तवरले अभियान अगाडि बढाएका छौं तर नेतृत्वले सुनेको नसुन्यै गरेको छ। हामी पछि हट्दैनौं। अब निरन्तर थप आन्दोलनको स्वरुप फेरेर कार्यक्रम गर्दै छौं उनी भन्छन्, ‘फोहोर पुरेको विषयमा जवाफ माग्दा उवासंघ र महानगरले माटो अभावले फोहोरले नदी किनारको खाल्डो पुरेको जवाफ दिनुभएको थियो। त्यहीँअनुसार सांकेतिक रुपमा माटो दान गरेका हौं। माटोको विकल्प फोहोर कसरी हुन सक्छ? यसरी फिलिङ गरिएको फोहोरले नदी प्रणाली र मानव जीवनमा प्रत्यक्ष असर गर्दछ।’ फोहोरले नदीको इकोसिस्टमलाई क्षति पुर्‍याउनुका साथै जलीय नदी प्रजातिलाई प्रत्यक्ष प्रभावसमेत पर्ने उनले बताए। अबका दिनमा आन्दोलनका स्वरुप परिवर्तन गर्दै टोलटोलमा नारायणी बचाऔं अभियानबारे जानकारी गराउने, बृहत् र्‍याली, रिले अनशनलगायत कार्यक्रम गरिने उनले जानकारी दिए।

प्रकाशित: Dec 30, 2022| 14:16 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।