बुधबार, साउन १४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • संकटमा सतिसालझैं उभिएकाको भावनाविपरीत कुनै निर्णय हुँदैन : प्रदीप ज्ञवाली

संकटमा सतिसालझैं उभिएकाको भावनाविपरीत कुनै निर्णय हुँदैन : प्रदीप ज्ञवाली

एमालेले एकीकृत समाजवादी पूरानै घरमा फर्काउन पहल गरिरहेको हल्ला चलिरहेका बेला एमालेका एक जना नेताले खण्डन गरेका छन्।
 |  शुक्रबार, पुस १५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १५, २०७९

vianetvianet

काठमाडौं- एमालेले एकीकृत समाजवादी पूरानै घरमा फर्काउन पहल गरिरहेको हल्ला चलिरहेका बेला एमालेका एक जना नेताले खण्डन गरेका छन्।

डेढ वर्षअघि एमालेसँग विभाजन भएर गठन भएको एकीकृत समाजवादीलाई फेरि पूरानै घरमा फर्काउन आन्तरिक छलफल भइरहेको बताइँदा एमाले नेता प्रदीप ज्ञवालीले ‘अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित’ रहेको बताएका हुन्। ‘त्यसभन्दा बाहिर चलेका चर्चा अनुमान,अतिरञ्जना र हल्ला मात्र हुन्,’ उनले फेसबुकमा लेखेका छन्।

एमाले अध्यक्ष ओली निकट रहेका ज्ञवालीले एमालेभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर आन्दोलन यहाँसम्म आइपुगेको उल्लेख गरेका छन्। ‘संकटका बेला सतिसालझैं उभिएका कमरेडहरूको भावना विपरीत कुनै निर्णय हुनेछैन। इतिहासका केही घटना यस्ता हुन्छन्, जसलाई बिर्सन सकिँदैन, बिर्सन हुँदैन,’ उनले लेखेका छन्।

प्रकाशित: Dec 30, 2022| 11:35 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...