मंगलबार, साउन १३, २०८२

राष्ट्रपति पदको हल्ला निराधार : माधव नेपाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेससँगको गठबन्धन तोडेर एमालेको सहयोगमा प्रधानमन्त्री बनेसँगै केप ओलीले राष्ट्रपति बनाउन खोजेको भन्ने समाचार बाहिरिएपछि नेता नेपालले उक्त प्रतिक्रिया जनाएका हुन्।
 |  बिहीबार, पुस १४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १४, २०७९

vianetvianet

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफूलाई राष्ट्रपति पदसँग जोडेर आएका पछिल्ला समाचार निराधार रहेको बताएका छन्। बिहीबार पार्टी जनवर्गीय संगठनका प्रतिनिधिसँगको जुम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेससँगको गठबन्धन तोडेर एमालेको सहयोगमा प्रधानमन्त्री बनेसँगै केप ओलीले राष्ट्रपति बनाउन खोजेको भन्ने समाचार बाहिरिएपछि नेता नेपालले उक्त प्रतिक्रिया जनाएका हुन्।

उनले आफू कम्युनिस्ट एकताको पक्षमा रहे पनि एमालेले त्यसको पहल लिनुपर्ने उनको आशय छ। ‘अहिले एमालेसँग जोडेर बजारमा माधव नेपाललाई राष्ट्रपति बनाउने हल्ला चलेका छन्। ती बजार हल्लामा कुनै सत्य छैन। यो सुनेर के हो, कसो हो भनेर नेता, कार्यकर्तामा जिज्ञासा पैदा भएको छ’, उनले भने। अध्यक्ष नेपालले ओलीले आफूलाई भेट्न खोज्दा  अस्वीकार गरेको भन्ने कुरा पनि झुट रहेको बताए।

प्रकाशित: Dec 29, 2022| 16:01 बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...