काठमाडौं– बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमतीको प्रदेशसभा अधिवेशन १८ पुसका लागि आह्वान गरेका छन्। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले शर्माले १८ पुस सोमबार दिउँसो १ बजे प्रदेशसभा अधिवेशन बोलाएका हुन्।
प्रदेश प्रमुखलाई प्रदेशसभाको बैठक आह्वान गर्ने संवैधानिक व्यवस्था छ। प्रदेशसभा बैठकको अध्यक्षता ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले गर्नेछन्।
उनले बुधबार मात्रै प्रदेश प्रमुखसँग ज्येष्ठ सदस्यको हैसियतमा तथा गोपनीयताको सपथ लिएका थिए। ढुंगानाले आजै अन्य सांसदलाई शपथ गराउँदै छन्।