शुक्रबार, भदौ ५, २०८३

ओलीको दाबी– कोभिड खोप मेरै सरकारले ल्याएर थुपारिदिएको हो

नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले कोभिडविरुद्धको खोप यथेष्ट मात्रामा ल्याएर थुपारेको दाबी गर्दै त्यसलाई छिटो लगाइदिन माग गरेका छन्।
 |  मंगलबार, साउन २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०७८

काठमाडौं– नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले कोभिडविरुद्धको खोप यथेष्ट मात्रामा ल्याएर थुपारेको दाबी गर्दै त्यसलाई छिटो लगाइदिन माग गरेका छन्। लगभग एक करोड खोप स्टकमा रहेको दाबी उनले गरे।

मंगलबार संसद् बैठकमा बोल्दै ओलीले भने, ‘मेरो सरकारले खोप ल्याएर थुपार्देको छ त, चैतसम्म किन पर्खिनुहुन्छ? लगाउनुस् न छिटोछिटो। लगभग एक करोड स्टकमा छ। एकैचोटि ल्याएर राख्न नमिलेको भएर मात्र हो। आइराख्या छ धमाधम। चैतसम्म खोप लगाउने भनेको भनेको के फागुनको निर्वाचन नगर्न खोजेको हो कोभिड छ भनेर? म पहिल्यै सजक गराउन चाहन्छु।’

प्रकाशित: Aug 10, 2021| 15:06 मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...