मंगलबार, साउन १३, २०८२

गठबन्धनले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्ने

सत्ता साझेदार दलहरुले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्ने भएका छन्।
 |  बिहीबार, पुस १४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १४, २०७९

vianetvianet

काठमाडौं– सत्ता साझेदार दलहरुले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्ने भएका छन्। प्रधानमन्त्री निवास  बालुवाटारमा आज बिहान बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठकले न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट तयार गर्ने निर्णय गरेको हो।  

बैठकले न्यूनतम साझा कार्यक्रम तय गर्न समिति गठन गरेको छ र त्यसको संयोजक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बनाइएको छ। प्रत्येक दलबाट उक्त समितिमा १–१ जना नेताहरूलाई सदस्यको रूपमा जिम्मेवारी दिइने भएको छ।

बैठकमा मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटबारे पनि छलफल भएको थियो भने प्रदेश सरकार गठनको विषयले पनि प्रवेश पाएको थियो।

प्रधानमन्त्रीसहित २५ सदस्यीय मन्त्रिपरिषदमा एमालेले १० र माओवादीले ७ मन्त्रालयमा दाबी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाको ३–३ तथा जनमत पार्टीको २ मन्त्रालयमा दाबी छ।
सरकारमा सहभागी हुँदा राप्रपाले ३ र नागरिक उन्मुक्तिले २ मन्त्रालयमा दाबी गर्नेछन्। तीन स्वतन्त्र सांसदले पनि एक–एक मन्त्रालय लिने बताएका छन्। 
प्रकाशित: Dec 29, 2022| 11:29 बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...