मंगलबार, साउन १३, २०८२

प्रदेश १ : कांग्रेस संसदीय दलका नेताका लागि आज उम्मेदवारी दर्ता

नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेताका चयनका लागि बिहीबार (आज) उम्मेदवारी दर्ता गरिँदै छ।
 |  बिहीबार, पुस १४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १४, २०७९

vianetvianet

विराटनगर– नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेताका चयनका लागि बिहीबार (आज) उम्मेदवारी दर्ता गरिँदै छ।

संसदीय दलको नेताका लागि ४ जनाबीच मुख्य प्रतिष्पर्धा हुने भएको छ। संसदीय दलको नेतामा केन्द्रीय सदस्य अमृत अर्याल, भीम पराजुली, प्रदेश सभापति उद्धव थापा र नेता केदार कार्की मुख्य आकांक्षी रहेका छन्। नेता अर्याल संस्थापन समूह (देउवा समूह), पराजुली र थापा (सिटौला समूह), र कार्की संस्थापन इतर (कोइराला समूह) पक्षका नेता हुन्।

सर्वसम्मत रुपमा नेता चयनका लागि भएका छलफलमा चारै जना आकांक्षी पछि नहट्ने अडानमा रहेपछि मतदान हुने भएको हो।

संसदीय दलको नेताका आकांक्षी अर्याल संविधानसभा सदस्य तथा मोरङ ५ (ख)बाट, पराजुली विराटनगर महानगरका पूर्वमेयर तथा मोरङ ४ (ख) बाट, कार्की आन्तरिक मामिला तथा कानुन मन्त्री हुन। उनी मोरङ ६(ख) बाट दोश्रो पटक निर्वाचित भएका हुन। प्रदेश सभापति थापा समानुपातिक सांसद हुन्। 

पुस १५ गते शुक्रबार बिहान ९ बजेदेखि मतदान गर्ने गरि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ।

निर्वाचन कार्यतालिका अनुसार विहान ९ बजे मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ। दिउँसो साढे १२ देखि साढे १ बजेसम्म उम्मेदवारी दर्ता, २ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन, दिउँसो २ देखि साढे २ बजेसम्म दावी विरोध, दिउँसो ३ देखि ४ वजे सम्म उम्मेदवारी फिर्ताको लागि समय निर्धारण गरिएको निर्वाचन समितिका संयोजक तथा प्रदेश उपसभापति रमेशजङ रायमाझीले बताए। 

प्रदेश १ मा नेपाली कांग्रेसका २९ जना सांसद रहेका छन्। जसमा ९/९ जना संस्थापनको देउवा र सिटौला समूहका र ११ जना संस्थापन इतर समूहका रहेको दावी गरिएको छ। 

कांग्रेस संसदीय दलको विधान अनुसार दलको नेताका लागि ५० प्रतिशत बढी मत ल्याउनुपर्ने व्यवस्था छ। पहिलो चरणमा ४ जनाबीच नै मतदान भए ५० प्रतिशत मत नकट्ने आँकलन गरिएको छ।

प्रकाशित: Dec 29, 2022| 07:25 बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...