काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटार सरेका छन्। प्रधानमन्त्रीमा शपथ लिएको तेस्रो दिन उनी ज्योतिषले निकालेको साइतअनुसार पूजापाठसमेत गरेर बुधबार साँझ बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका हुन्।
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहानमात्रै बालुवाटार छोडेका थिए।
आइतबार प्रधानमन्त्रीमा नियुक्त दाहालले सोमबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनियताको शपथग्रहण गरेका थिए। उनले पहिलोपटक दौरा सुरुवालमा शपथ लिएका थिए। दाहाल यसअघि २०६५ र २०७३ मा ९-९ महिना प्रधानमन्त्री बनेका थिए।