सोमबार, साउन १२, २०८२

प्रचण्ड सरकारमा राप्रपाको पनि इन्ट्री !

नेपालमा संघीयता, गणतन्त्र खारेजी, राजसंस्था पुनर्स्थापना र हिन्दु राज्य कायम गरिनुपर्ने माग गर्दै आएको राप्रपा माथि उल्लिखित विषयको खुला वकालत र समर्थन गर्दै आएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा जाने भएको हो।
 |  बुधबार, पुस १३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

vianetvianet

काठमाडौं– राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने निर्णय गरेको छ। बुधबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले सरकारमा जाने निर्णय गरेको हो।

नेपालमा संघीयता, गणतन्त्र खारेजी, राजसंस्था पुनर्स्थापना र हिन्दु राज्य कायम गरिनुपर्ने माग गर्दै आएको राप्रपा माथि उल्लिखित विषयको खुला वकालत र समर्थन गर्दै आएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा जाने भएको हो।

राप्रपाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई यसअघि नै समर्थन गर्ने निर्णय गरे पनि सरकारमा सहभागी हुने–नहुनेबारे कन्फर्म गरेको थिएन। राप्रपाले सरकारमा सामेल हुने भए चार विषयलाई सम्बोधन गर्नुपर्ने अडान एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बालकोट दरबारमै पुगेर पार्टी अध्यक्ष लिङ्देनले राखेका थिए।

लिङ्देनको माग पूरा होला–नहोला तर प्रचण्ड सरकारमा जानुपर्ने आवाज पार्टीभित्रैबाट आएको राप्रपाले जनाएको छ। 


प्रकाशित: Dec 28, 2022| 16:42 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...