सोमबार, साउन १२, २०८२

नेविसंघले बुझायो शंकरदेव क्याम्पसलाई ज्ञापनपत्र

गुणस्तरीय शिक्षा अभिवृद्धि र जवाफदेही प्रशासनको माग गर्दै नेविसंघले ध्यानाकर्षण पत्र क्याम्पस प्रमुख केशवराज जोशीलाई बुझाएको हो।
 |  बुधबार, पुस १३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

vianetvianet

काठमाडौं- नेपाल विद्यार्थी संघ शंकरदेव क्याम्पसले शैक्षिक गुणस्तर अभिवृद्धिको माग गर्दै प्रशासन सामू ध्यानाकर्षण पत्र बुझाएको छ।

गुणस्तरीय शिक्षा अभिवृद्धि र जवाफदेही प्रशासनको माग गर्दै नेविसंघले ध्यानाकर्षण पत्र क्याम्पस प्रमुख केशवराज जोशीलाई बुझाएको हो। 

आर्थिक संकटको समय वृद्धि गरिइएको शुल्क फिर्ता हुनुपर्ने, लाइब्रेरिमा प्रयाप्त पुस्तकको व्यवस्थापन गर्नेपर्ने, लाइब्रेरीमा उपलब्ध पुस्तक र कक्षा कोठाको पठाइमा एकरुपता हुनुपर्ने, बीबीएस संकायमा अनिवार्य शैक्षिक पोषकको व्यवस्था हुनुका साथै ३० मिनेटको खाजा समय छुट्याउनु पर्ने लगायत माग राखिएको नेविसंघ नेता मदनराज उपाध्यायले बताए। उनले क्याम्पसमा सेयर मार्केट सम्बन्धि जानकारी दिने डिजिटल बोर्ड राख्नसमेत माग गरिएको बताए।

सबै संकायमा अनिवार्य वार्षिक तालिकाको आधारमा स्पोर्ट उइकको व्यवस्था गरिनुपर्ने, बीबीएस प्रथम वर्षको कक्षा नजिकै बास्केट बल कोर्ट रहेकाले त्यसको व्यवस्थापन गरिनुपर्ने नेविसंघको माग छ। 

'हामीले विद्यार्थीको सुझाव संकलनका लागि सुझाव पेटिक व्यवस्थापन गर्न माग गरेका छौं। लेक्चरलहरूको अनियमितता रहँदै आएको प्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यसका साथै क्याम्पसका सबै विद्यार्थीबीच अन्तरक्रियाको खाँचो हामीले औंल्याएका छौं,' उपाध्यायले भने। समारोहमा नेताहरू भुवन ओझा, मनमोहन भट्ट, क्रिस क्षेत्री, पवन ऐर, रविन कार्की, सुरेन्द्र जाग्री, आमोद भट्ट, भुवन भाट, केशव जोशी, खगेन्द्र उपाध्याय, लोकेश कुवर, सुजन ढकाल, रविन्द्र काफ्ले, विनय पौडेल, अंकुर जैसवाल, राजेन्द्र महता, सुजन आलेलगायतको सहभागीता रहेको थियो।

प्रकाशित: Dec 28, 2022| 16:16 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...