सोमबार, जेठ ४, २०८३

माधव नेपाललाई भेटेर सरकारमा सहभागी हुन विष्णु पौडेलको आग्रह

एमालेका उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका छन्।
 |  बुधबार, पुस १३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

काठमाडौं- एमालेका उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका छन्।

National life

मंगलबार साँझ उनीहरूबीच भेट भएको बताइएको छ। भेटमा पौडेलले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेको स्रोतले जनाएको छ। 

नेपाललाई भेटे लगत्तै पौडेल अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए। बालकोट भेटमा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि थिए।

नेपाललाई मंगलबार नै वामदेव गौतमले पनि भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए।

प्रकाशित: Dec 28, 2022| 08:10 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...