सोमबार, जेठ ४, २०८३

सरकारको मुख्य एजेण्डा आर्थिक विकास : प्रधानमन्त्री दाहाल

उद्योग वाणिज्य संघ चितवनका पदाधिकारीले गरेको भेटघाटका क्रममा प्रधानमन्त्री दाहालले कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको विकास गर्दै समग्रमा मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउने योजना सरकारको रहेको जानकारी गराएका हुन्।
 |  मंगलबार, पुस १२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १२, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको मुख्य एजेण्डा नै आर्थिक विकास रहेको बताएका छन्। 

National life

ललितपुरको खुमलटारस्थित दाहाल निवासमा आज उद्योग वाणिज्य संघ चितवनका पदाधिकारीले गरेको भेटघाटका क्रममा प्रधानमन्त्री दाहालले कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको विकास गर्दै समग्रमा मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउने योजना सरकारको रहेको जानकारी गराएका हुन्।

सो क्रमममा व्यवसायीले देशको आर्थिकमन्दीलाई सुधार गर्नुपर्नेतर्फ प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको संघका अध्यक्ष चुननारायण श्रेष्ठले जानकारी दिए। 

प्रधानमन्त्री दाहालसामु चितवनको नारायणगढ बजार क्षेत्रमा हालै सडक विस्तारका क्रममा घर भत्काइएको विषयका साथै चितवनको कृषि, पर्यटन, स्वास्थ्य, शिक्षाको विकासमा पनि गम्भीर ध्यानाकर्षण गराएको अध्यक्ष श्रेष्ठले बताए।  

प्रधानमन्त्रीसँगको भेटमा संघका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ  र सदस्य राजन पियाको सहभागिता रहेको थियो।

प्रकाशित: Dec 27, 2022| 20:30 मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...