काठमाडौं- जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत ‘सिके’ काठमाडौंमा डेरा खोज्न निकै गाह्रो भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफूले काठमाडौंमा घर/डेरा खोजिरहेको जनाउँदै डेरा भेट्न निकै गाह्रो भएको बताएका हुन्। ‘काठमाडौं बस्न डेरारघर खोज्नै गाह्रो, आज पनि जाँदैछु,’ उनले ट्वीट गरेका छन्।
उनले घ्याम्पेडाँडास्थित पाइलटबाबा आश्रमको फोटो समावेश गर्दै अगाडि भनेका छन्, ‘यस्तै डाँडाकाँडातिर बसौँबसौँ लाग्ने।’
४ मंसिरमा भएको संसदीय निर्वाचनमा राउत नेतृत्वको दलले ६ सिट (एक प्रत्यक्ष र पाँच समानुपातिक) जित हासिल गरेकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको छ।