काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफू मन्त्री बन्न योग्य नभएको प्रतिक्रिया दिएका छन्। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विस्तारका लागि बोलाएको सत्तारुढ गठबन्धनको बैठकपछि राउतले सञ्चारमन्त्रीसँगको प्रतिक्रियामा यस्तो बताएका हुन्।
सिके राउतको जनमत पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्दै सरकारमा सहभागिता जनाइसकेको छ। सरकारमा जनमत पार्टीले मन्त्रीका रुपमा अब्दुस खानलाई पठाएको छ।
गठबन्धनको बैठकबाट बाहिरिएका राउतलाई सञ्चारकर्मीले तपाईं आफू सरकारमा नजाने? भन्दै प्रश्न गरेका थिए। उत्तरमा राउतले भने, 'हामी सरकारमा सहभागी हुने भएका छौं। पार्टीले मन्त्रीका रूपमा अब्दुसलाई पठाएको छ। म त सांसद खानका लागि पनि योग्य होइन। त्यसैले मन्त्री बन्दैन।'
‘म खासमा सांसदका लागि पनि योग्य मान्छे होइन,’ उनले भनेका छन्, ‘मन्त्रीको त परको कुरा ।’
प्रत्यक्षमा सिके राउतले जित्दा यो पार्टीले समानुपातिकबाट ६ सिट जितेको छ।