सोमबार, साउन १२, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • राप्रपा र नागरिक उन्मुक्ति पार्टी जस्तै जसपा पनि तत्काल सरकारमा नजाने

राप्रपा र नागरिक उन्मुक्ति पार्टी जस्तै जसपा पनि तत्काल सरकारमा नजाने

जनता समाजवादी पार्टी (जसपा)ले तत्काल सरकारमा नजाने निर्णय गरेको छ।
 |  मंगलबार, पुस १२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १२, २०७९

vianetvianet

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले तत्काल सरकारमा नजाने निर्णय गरेको छ।  पार्टीले सरकारमा जाने या नजाने विषय राजनीतिक समितिको बैठकपछि मात्र टुंगो लगाउने जानकारी दिएको छ।

पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकले जसपा सरकारमा सहभागी हुने या नहुने विषय तय गर्ने बताइएको छ। त्यसवेलासम्म पार्टीको संसदीय दलको नेता चयनको प्रक्रिया पनि टुंगो लाग्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

जसपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको छ। सरकारलाई समर्थन गरेकामध्ये तीन दल तत्काल सरकारमा सामेल नहुने भएका हुन्। राप्रपा र नागरिक उन्मुक्ति पार्टीले पनि तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेका छन्। 

प्रकाशित: Dec 27, 2022| 07:34 मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...