सोमबार, साउन १२, २०८२

महान्यायाधिवक्ता खम्मबहादुर खातीले दिए राजीनामा

महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा पेस गरेका हुन्।
 |  सोमबार, पुस ११, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, पुस ११, २०७९

vianetvianet

काठमाडौं- महान्यायाधिवक्ता खम्मबहादुर खातीले पदबाट राजीनामा दिएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा नयाँ सरकार गठन भएसँगै सरकारका कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) खातीले पदबाट राजीनामा दिएका हुन्। 

सरकार फेरिएसँगै सरकारको कानुनी सल्लाहकार पनि फेरिने प्रचलन छ। महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा पेस गरेका हुन्। 

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले खातीलाई २०७८ साउन १ गते आफ्नो सरकारको कानुनी सल्लाहकार नियुक्त गरेका थिए।

प्रकाशित: Dec 26, 2022| 19:29 सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...