शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • देउवालाई ओलीको प्रश्न– लिपुलेक, लिम्पियाधुरा फिर्ता ल्याउँछु भनेर किन भन्न सक्नुभएन?

देउवालाई ओलीको प्रश्न– लिपुलेक, लिम्पियाधुरा फिर्ता ल्याउँछु भनेर किन भन्न सक्नुभएन?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको नक्सामा समेटिएका लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतसँग वार्ता गरेर फिर्ता ल्याउँछु भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले भन्न नसकेको बताएका छन्।
 |  मंगलबार, साउन २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०७८

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको नक्सामा समेटिएका लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतसँग वार्ता गरेर फिर्ता ल्याउँछु भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले भन्न नसकेको बताएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा ती क्षेत्रलाई समस्याको रुपमा उल्लेख गरिएकोमा आपत्ति जनाए। 

भारतले हडपेको भूमि देउवा सरकारले डेढ वर्षसम्म पनि फिर्ता ल्याउन नसके त्यसपछि आफूले ल्याउने उनले दाबी गरे। उनले छिमेकीसँग समस्या रहेको भन्नेमात्र उल्लेख भएको भन्दै किन प्रष्ट रुपमा उल्लेख गर्न नसकेको भनेर प्रश्न गरे। सरकार छिमेकीसँग डराएको आरोप उनको छ।

प्रकाशित: Aug 10, 2021| 14:44 मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...