शुक्रबार, भदौ ५, २०८३

महाकाली घटनाको सत्यतथ्य सदनमा पेश गर्न सभामुखको रुलिङ

सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलामा तुइन तर्दै गर्दा महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको अवस्थाबारे यथार्थ जानकारी दिन सरकारलाई रुलिङ गरेका छन्।
 |  मंगलबार, साउन २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०७८

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलामा तुइन तर्दै गर्दा महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको अवस्थाबारे यथार्थ जानकारी दिन सरकारलाई रुलिङ गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले यसबारे सरकार र सदनको ध्यानाकर्षण गराएपछि उनले आफ्नो पनि यसबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रतिधिसभालाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका हुन्। 

‘बेपत्ता भएका जयसिंह धामीको अवस्था के कसो छ। यसमा मेरो पनि ध्यानाकर्षण भएको छ। सत्यतथ्य पत्ता लगाएर चाँडो प्रतिनिधिसभा बैठकमा जानकारी गराउन सरकारलाई ध्यानाकर्षण गराउँछु,’ उनले भने।

यही साउन १५ गते नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिएपछि धामी बेपत्ता छन्।

प्रकाशित: Aug 10, 2021| 14:37 मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...