शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सरकारको साझा न्यूनतम कार्यक्रममा कांग्रेसको अनुहार नै देखिएन : ओली

सरकारको साझा न्यूनतम कार्यक्रममा कांग्रेसको अनुहार नै देखिएन : ओली

नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले हालै सार्वजनिक संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको अनुहार नेखिएको टिप्पणी गरेका छन्।
 |  मंगलबार, साउन २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०७८

काठमाडौं– नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले हालै सार्वजनिक संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको अनुहार नेखिएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै ओलीले भने, ‘साझा न्यूनतम कार्यक्रम हेरें। त्यसमा सत्ता साझेदार माओवादीको अनुहार देखियो, अरु दलको पनि अनुहार देखियो तर कांग्रेसको अनुहार देखिएन।’

कांग्रेस सरकारकै पालामा सम्झौता भएको एमसीसीबारे कार्यक्रममा उल्लेख नभएको तर्फ संकेत गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। एमसीसीबारे सरकारको नीति के हो भनेर उनले प्रश्न गरे। कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री हुँदा एमसीसी सम्झौता भएको थियो। 

संसद् छलेर सरकारको कार्यक्रम ल्याइएकोमा उनले आपत्ति जनाए।    उक्त कार्यक्रम संसदमा प्रस्तुत गर्दा सत्ता साझेदार दलका कतिपय नेताले अनुहार देखाउन नपाउने भएकाले बाहिरै प्रस्तुत गरिएको टिप्पणी ओलीले गरे।

केही दिनअघि नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले प्रधानमन्त्री कार्यालयमा संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम प्रस्तुत गरेका थिए।

प्रकाशित: Aug 10, 2021| 14:34 मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...