शुक्रबार, भदौ ५, २०८३

ओलीको उद्घोष– असाधारण जनमत लिएर फेरि सत्तामा आउँछु

एक महिनाअघि सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पद गुमाएका केपी शर्मा ओलीले अबको चुनावमा असाधारण जनतमतका साथ फेरि सत्तामा आउने उद्घोष गरेका छन्।
 |  मंगलबार, साउन २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०७८

काठमाडौं– एक महिनाअघि सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पद गुमाएका केपी शर्मा ओलीले अबको चुनावमा असाधारण जनतमतका साथ फेरि सत्तामा आउने उद्घोष गरेका छन्।

नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले भने, ‘असाधारण जनमतका साथ फेरि पनि मूलगेटबाटै प्रवेश गर्नेछु। म झ्याल, जस्केलो वा भेन्टिलेसनबाट होइन, मूल बाटोबाट, मूल गेटबाट आउने छु असाधारण जनमत लिएर। म यो देश र जनताको सेवाको निम्ति जन्मिएको ठान्छु। प्रधानमन्त्री हुन जन्मिएको होइन। काम गर्दै जाँदा प्रधानमन्त्री भएको हुँ। मेरो काम हेरेर जनताले प्रधानमन्त्री बनाएका हुन्।’

आफूमाथि निकै प्रहार भएको उनले गुनासो गरे। भने, ‘ममाथि निकै प्रहार गरेको देखियो, भइरहेको पनि छ। तर मलाई त्यसमा कुनै मतलब छैन। सुखी नेपाली समृद्ध नेपालको गन्तव्य यात्रामा हिँडेको मान्छेलाई यस्ता सानातिना गालीगलौचले केही फरक पर्दैन। म आफ्नो उद्देश्यमा केन्द्रित छु।सरकारको गन्तव्य स्पष्ट थियो। 

केही व्यक्तिहरुको इच्छामा मेरो नीति परिवर्तन भएन। मैले गलत कुरामा सम्झौता गरिनँ, त्यसले कतिपयको इच्छामा तुषारापात भयो होला, अपेक्षा पूरा भएन होला। मेरो लोकप्रियताले छातीमा पीडा भयो। म भ्रष्टाचार गर्दिनँ र हुन पनि दिन्न भन्दा मेरो पार्टीभित्रै समस्या भयो।’


प्रकाशित: Aug 10, 2021| 14:12 मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...