शनिबार, चैत १४, २०८२

किङ्स कपमा सहभागी हुन सेपाकताक्रो टोली थाइल्यान्ड जाने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं-नेपाली सेपाकताक्रो टोली ३३ औं किङ्स कप सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुन शुक्रबार थाइल्यान्डको खोराट जाने भएको छ ।

सेप्टेम्बर २३ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा नेपाली पुरुष/महिला खेलाडी टोलीले रेगु, डबल्स र क्वाड स्पर्धामा सहभागिता जनाउने छन् । पुरुषमा रुपेश सुनार (कप्तान), रोशन तामाङ, सुजन डंगोल, सन्जिव धिमाल, रविन भट्टराई तथा विजय महतो रहेका छन् । 

महिलामा सोममाया थापा मगर (कप्तान), चन्द्रा चौधरी, भूमि थिङ लामा, स्वस्तिका श्रेष्ठ र सुमित्रा डंगोल छन् । टिम व्यवस्थापकमा नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रबहादुर गुरुङ र गंगाबहादुर गुरुङ रहेका छन् । 

प्रतियोगितामा ३५ राष्ट्रको सहभागिता रहने अध्यक्ष गुरुङले जानकारी दिए । निर्णायकको भूमिकामा अर्जुनबहादुर ठकुल्ला र सलिना थापा पनि टोलीसंगै थाइल्यान्ड जाँदैछन् ।

किङ्स कपमा नेपालले २९ औं संस्करणदेखि भाग लिन सुरु गरेको थियो । त्यसएता एक संस्करणमा बाहेक नेपालले सबैमा भाग लिदै आएको छ । २०७२ को भूकम्पका कारण नेपालले ३१ औं संस्करणमा सहभागिता जनाएन । 

सहभागी ३ संस्करणमा हालसम्म नेपालले ४ कांस्य जितेको छ । २९ औं संस्करणमा नेपालले पुरुष रेगु, ३० औंमा पुरुष रेगु र डबल्स तथा ३२ औंमा महिला रेगुमा कांस्य पदक जितेको थियो । 

टोलीलाई सफलताको शुभकामना दिदै सेपाकताक्रो संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बिहीबार त्रिपुरेश्वरमा एक कार्यक्रमबीच बिदाइ गरे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।