काठमाडौं- चेल्सीले एथन एमपाडुसँग पाँच बर्षे नयाँ सम्झौता गरेको छ। यस सम्झौतासँगै उनी चेल्सीमा २०२३ सम्म रहने छन्। १८ बर्षीय युवा खेलाडी एमपाडु डिफेन्डर तथा मिडफिल्डर रुपमा मैदानमा उत्रन सक्ने खेलाडी हुन्। उनी २०१७ मा एक्सटर सिटीबाट प्रिमियर लिगका लागि चेल्सी अनुबन्धित भएका थिए।
वेल्स राष्ट्रिय टिमका सदस्य एमपाडुले चेल्सीका लागि सात खेल खेलेका छन्। तर, यस सिजन उनले माउरिजियो सारीको टिमका लागि अहिलेसम्म खेलेका छैनन्।
उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय डेव्यु आयरल्यान्डसँगको खेलमा गरेका थिए। जहाँ वेल्सले ४-१ ले जित दर्ता गरेको थियो। ‘आउने बर्षहरुमा उनलाई क्लबका लागि एक महत्वपुर्ण खेलाडीमा विकशित गर्ने आसा गरेको छु’ चेल्सी निर्देशक मारिना ग्रानोभस्कौयाले भने।
एमपाडुले सेप्टेम्वर २०१७ मा काराबाओ कपबाट आफ्नो चेल्सी यात्राको सुरुवात गरेका थिए। जो लन्डनमा खेल खेल्ने २१ सेन्चुरीमा जन्मेका पहिला खेलाडी समेत बनेका थिए। कार्डिफ सिटी म्यानेजर निल वार्नोकले जनवरीमा एमपाडुलाई ऋणमा हस्ताक्षर गर्नका लागि चेल्सीसँग कुरा गरिरहेको बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४