असोज ५ गते शुक्रबार दुई नेपाली फिल्म पुन भिड्ने भएका छन् । निर्देशनमा डेब्यु गरेकी रेनाशाा वान्तवा राईको ‘इन्टु मिन्टु लन्डनमा’ र सबिर बस्नेतको ‘बाँध मायाले’।
प्रेमकथामा आधारित यी दुवै फिल्मले आफ्नो प्रचार प्रसारलाई तीव्रताका साथ दिएको छन् । ‘इन्टु मिन्टु लन्डनमा’ मा नायिका साम्राज्ञी शाह र नवनायक धिरज मगर छन् भने ‘बाँध मायाले’ मा सुष्टि श्रेष्ठ र नायन आर्यन अधिकारीको लभ केमेस्ट्रीलाई देख्न पाइनेछ ।
दुवै फिल्मले आफ्नो प्रचारलाई बेतोड रूपमा लगेको छन् । बाँध मायाले कलेज क्यापका साथै १५ प्रतिशतको क्यास ब्याक अफर ल्याएको छ । यसबाट दर्शकले खरिद गरेको टिकट रकम खल्ती एयापबाट क्यास ब्याक हुनेछ ।
इन्टुमिन्टु लन्डनमाले पनि युटुब तथा अन्य प्रचारका माध्यम बनाएको । केही दिन अघि भएको सिने एलजी अवार्डको लागि काठमाडौँ आएको गोविन्दाको लागि रेनाशा वान्तवा राई र नायक धिरज मगरले दोहोर्याएर नृत्य गरेको थिए ।
उनीहरूको लागि प्रचारको खुल्लास्थान नै भयो : उक्त अवार्ड कार्यक्रम । नृत्यमा नायिका नभई निर्देशक रेनाशा हुनुको कारण भने नायिका साम्राज्ञी शाह हुन् ।
उनी फिलम रिलिज हुनु अघिका समय, सुर्य इन्टरनेशनल अवार्डको लागि जापान गएमी छिन् । यस कारण, रेनाशा तथा इन्टुमिन्टु लन्डनमाका टिम साम्राजीसँग केही छिन्न भएका छन् ।
दर्शक बाँडिने भए पछि अब कुन चाहिँ फिल्मले बाजी मार्ने हो, त्यो भने रिलिज पछि ने थाहा हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४