शनिबार, चैत १४, २०८२

सलाहका लुकेका ६ तथ्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी-छोटो समयमा निकै नै चर्चामा आएका खेलाडी हुन इजिप्ट तथा लिभरपुलमा फरवाडर मोहमद सलहा । गत सिजन नै उनी रोमाबाट लिभरपुल पुगेका थिए । २००९ बाट व्यवसहिक फुटबल यात्रा शुरु गरेका सलहाले २०१३-१४ र १५ को दुई सिजन प्रिमियर लिग खेले । 

तर, पहिलो सिजन १० उनले दोस्रो सिजन तीन खेल खेल्दै ऋणमा सिरी-ए खेल्न फ्लोरेन्टिना पुगे । २०१५-१६ को सिजन उनी पुनः सिरी-ए खेल्न नै रोमा पुगे । रोमामा उनले ३४ खेल खेल्दा १४ गोल गरेका थिए । २०१६-१७ को सिजन रोमामा नै अनुबन्ध भएका सलहा गत सिजन लिभरपुल पुगेका थिए । 

गत सिजन प्रिमियर लिगमा लिभरपुलका लागि मुख्य खेलाडी बनेका सलहाले ३६ खेल खेल्दै ३२ गोल गरेका थिए । उनी प्रिमियर लिग आफ सिद इयर समेत बने । सलहाका लुकेका छ तथ्य यस्ता छन् ।

१. कठिन सुरुवात

मोहमद सलहा भन्ने बित्ततीकै जति सजिलै अहिले हामी चिन्छौ त्यती सजिलो उनको कहानी छैन । युवा अवस्थामा उनले कुल मिलाएर १० वटा अलग अलग बसबाट आफ्नो ८ घण्टाको यात्रा गर्दथे । जुन यात्रा उनले हप्तामा पाँच दिन गर्नु पर्दथ्यो । जहाँ सलहाले चार बर्ष सम्म यस्तो कठिन यात्रा गरेका थिए ।

२. इजिप्टका गहना

२०१४ मा फुटबलका लागि सलहाको भविष्यमा प्रश्न आयो । जब उनको शैक्षिणिक कार्यक्रमले उनलाई अन्य राष्ट्रमा रहनका लागि अनुमति दिएको थियो । यसको मत्लब यो हो की उनलाई एक बर्ष भन्दा बढि समयका लागि सेनामा सेवा गर्नका लागि इजिप्ट फर्किनु परेको थियो । अन्तराष्ट्रिय रिपोर्ट अनुसार एजिप्टका प्रधानमन्त्रिले उनलाई सेनाको सेवाबाट छुटकरा दिए । ताकी उनले आफ्नो फुटबल यात्रालाई सहज रुपमा अगाढि बढाउन सकुन ।

३. समाज सेवी

सलाह एक राम्रा खेलाडी मात्र हैनन् । उनी एक समाज सेवी समेत हुन् । १५ मिलियन युरो पर्ने आफ्नो घर उनले सहरमा भएका गरिबीलाई बस्न दिएका छन् । उनले लाखौ पाउण्डको स्कुल समेत बनाए । स्थानिय अस्पतालमा एमबुलेन्स प्रदान गरे र सहरका विभिन्न बालबालीका लाई सहयोग गरे । यो नै सलाहको महानता हो।

४. सलहा र चोर

एक दिन चोरले सलहाको घरमा चोरी गर्‍यो । जवकी उनी एलेक्सजान्द्रमा खेली रहेका थिए । केही दिन पछि पुलिसले अपराधिको पक्राउ गरे तब उनका बुबाले अपराधिविरुद्ध उजुरी गरेका थिए । तर, सलहाले आफ्ना बुबालाई उक्त उजुरी फिर्ता लिनका लागि आग्रह गरेका थिए । उनले चोरसँग भेटे र उनलाई सुधार गर्न उनका लागि काम समेत खोजे । उनी सबै खाले व्यक्तीलाई माया गर्ने खेलाडी हुन् ।

५. प्रिमियर लिगमा सर्वश्रेष्ठ खेलाडी

सलहा एक अनुशासित खेलाडी हुन् । उनको नैतिक गुण मैदान बाहिर मात्र नभई मैदान भित्र पनि फैलिएको छ । गत सिजन प्रिमियर लिगमा उनले ३६ खेलमा मात्र १४ फाउल गरेका थिए र उनलाई एक पटक पनि रातो कार्ड पाएका थिएनन् । तर फाउल अर्कोबाट छिटो बल खोस्दा भएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

६. अभिनेताका प्रशंसक

सलहा इजिप्टका अभिनेता खालद एल नाबावेका ठुला प्रशंसक समेत हुन् । जसले किंडम अफ हेभन, मिसन इम्पोसिबल र फियर गेम जस्ता फिल्मा कयौं हलिउड स्टारसँग अभिनय गरेका छन् । सलहालाई लियोनार्दो दिकाप्रिओको प्रशंसक पनि मानिन्छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।