बिहीबार, असार ४, २०८३

आहा ! घलेगाउँ [तस्बिर कथा]

लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका ३ मा पर्छ घलेगाउँ। प्रकृति, संस्कृति र स्थानीयपनले सम्पन्न गाउँ हो यो। घलेगाउँ सार्क राष्ट्रको नमुना गाउँको रूपमा समेत परिचित छ।
 |  शनिबार, पुस २, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २, २०७९

काठमाडौं- लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका-३ मा पर्छ घलेगाउँ। प्रकृति, संस्कृति र स्थानीयपनले सम्पन्न गाउँ हो यो। घलेगाउँ सार्क राष्ट्रको नमुना गाउँको रूपमा समेत परिचित छ। 

National life

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने घलेगाउँ करिब छ सय वर्ष पुरानो वस्ती हो। यहाँ गुरुङ समुदायको बसोबास छ।

समुद्र सतहबाट २१०० मिटर उचाइमा अवस्थित यो गाउँ पृथ्वी राजमार्गमा पर्ने तनहुँको डुम्रेबाट ४२ किलोमिटरको दूरीमा पर्छ। लमजुङको सदरमुकाम बेंसीशहरबाट २७ किलोमिटर टाढा छ यो गाउँ। घलेगाउँमा ८० घर गुरुङ र ४५ घर दलितका छन्। २०५७ देखि १२ वटा घरबाट होमस्टे सुरु गरिएको यस गाउँलाई ग्रामीण पर्यटकीय होमस्टे गाउँका रूपमा विकास गरिएको छ। अहिले ३० भन्दा बढी घरमा होमस्टे सञ्चालन गरिएको छ।

घलेगाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, हिमालचुली, मनास्लु, लमजुङ, बौद्ध लगायतका हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ। स्थानीय नदी एवम् खोलाका माछा, भेडीगोठका भेडा, च्याङ्ग्रा, खसी, स्थानीय कुखुराको मासु, भेडा र माछाको सुकुटी, घरैमा उत्पादित कोदोको रक्सी यहाँका विशेषता हुन्। मौसमअनुसार कुरिलो, निउरो जस्ता परिकारको स्वाद पनि यहाँ आउने पर्यटकले लिन पाउँछन्।

लमजुङ सदरमुकाम बेंसीसहरबाट कच्ची मोटरबाटोको यात्रा गरेर करिब साढे तीन घण्टामा घलेगाउँ पुगिन्छ। यस गाउँमा परम्परागत गुरुङ संस्कृति, घाटु, सोरठीबाट स्वागत गर्ने प्रचलन छ। यहाँका स्थानीयले गाउँमा आउने पर्यटकलाई टीका, फूलमाला पहिर्याएर गुरुङ संस्कृति झल्किने नृत्यमार्फत स्वागत गर्छन्।

Shivam cement

प्रकाशित: Dec 17, 2022| 11:01 शनिबार, पुस २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।