शुक्रबार, साउन १, २०८३

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
लन्डन (एजेन्सी)-च्याम्पियन्स लिग फुटबलको आफ्नो पहिलो खेलमा इंग्लिश क्लब म्यानचेस्टर सिटी पराजित भएको छ । बुधबार राति भएको खेलमा सिटी फ्रेन्च क्लब लियोनसँग २-१ ले पराजित भएको हो । 

लियोनले सिटीलाई उसैको घरेलु मैदानमा हराएको हो । लियोनलाई जित दिलाउन म्याक्सवेल कर्नेट र नबील फेकिरले एक एक गोल गरे भने सिटीका लागि बर्नार्डो सिल्भाले सान्तोना गोल फर्काए ।

लियोनका लागि खेलको २६ औं मिनेटमा कर्नेटले गोल गर्दै सुरुवाती अग्रता दिलाए । त्यस्तै ४३ औं मिनेटमा फेकिरले गोल गर्दै लियोनको अग्रता दोब्बर पारे ।

पहिलो हाफमा २-० ले पछि परेको सिटी दोस्रो हाफमा एक गोल गर्दै खेलमा फर्कने प्रयास गर्यो । सिटीका लागि सिल्भाले खेलको ६७ औं मिनेटमो गोल गर्दै सिटीलाई खेलमा फर्काउने प्रयाश गरे । 

तर, त्यसपछि सिटीले थप गोल गर्न सकेन र पहिलो खेलमै लियोनसँग २-१ ले पराजित भयो । यसै समूहको अर्को खेलमा होफेनहाइमले शख्तर डोनेस्कसंग २-२ गोलको बराबरी खेल्दै अंक बाडेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।