शुक्रबार, साउन १, २०८३

च्याम्पियन्स लिग : रियलको सहज जितमा बेलको गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
म्याड्रिड (एजेन्सी)-डिडिफेन्डिङ च्याम्पियन रियाल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको समूह चरणको आफ्नो पहिलो खेलमा सहज जित निकालेको छ । रियालले इटालियन क्लब रोमामाथि ३-० को सहज जित निकालेको हो ।

रियालका लागि इस्को, ग्यारेथ बेल र मारियानो डियाजले एक एक गोल गरे । घरेलु मैदान सान्टियागो बर्नबेउमा बुधबार राति भएको खेलमा रियालले पहिलो हाफको इन्जुरी समयमा इस्कोको गोलबाट १-० को अग्रता लिन सफल भएको थियो । 

५८औं मिनेटमा ग्यारेथ बेलले लुका मोड्रिचको पासमा गोल गर्दै घरेलु टोलीलाई २-० को अग्रता दिलाए । त्यसपछि इन्जुरी समयमा ७३औं मिनेटमा ग्यारेथ बेलको स्थानमा मैदान प्रवेश गरेका वैकल्पिक खेलाडी मारियानो डियाजले गोल गरे । 

उनले मार्सेलोको पासमा गोल गर्दै घरेलु टोलीलाई ३-० को सहज जित दिलाए । रोमाले पनि गोलका कही मौका सिर्जना गरेपनि रियालको बलियो रक्षापङ्ति तोड्न सकेन ।

यो समुहको अर्को खेलमा भिक्टोरिया प्लाजेन र सिएसकेए मस्कोले २–२ गोलको बराबरी खेल्दै अंक बँडे । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।