शुक्रबार, साउन १, २०८३

च्याम्पियन्स लिग : युभेन्ट्सको जितमा रोनाल्डोलाई रातो कार्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सि-च्याम्पियन्स लिग अन्तर्गत गतराति भएको खेलमा युभेन्टसले सुखद सुरुवात गरेको छ । युभेन्ट्सले भ्यालेन्सियालाई २-० ले पराजित गर्दै च्याम्पियन्स लिगमा सुखद सुरुवात गरेको हो । 

तर, मैदानमा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले रातो कार्ड खाएका छन् । उनले विपक्षी टोलीका खेलाडीलाई हात लगाएको आरोपमा खेलको २९ औं मिनेटमा रातो कार्ड खाँदै बाहिरिएका थिए । 

खेलको २९ औं मिनेटमा युभेन्ट्स १० खेलाडीमा सिमित भएको थियो । स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले भ्यालेन्सियाका डिफेन्डर मुरिलोलाई हात लगाएपछि रेफ्रिले अतिरिक्त रेफ्रिको सल्लाह अनुसार रातो कार्ड दिएका थिए ।

युभेन्ट्सले दुबै गोल पेनाल्टी मार्फत गरेको थियो । रोनाल्डोको प्रस्थानपछि केहि दवाव परेपनि युभेन्टसले रक्षात्मक रुपमा भने खेल बलियो बनाइरहेको थियो । पहिलो हाफको अन्तिम मिनेटमा भ्यालेन्सिया कप्तान ड्यानी परेहोको गल्तीमा युभेन्टसले पेनाल्टी पायो । 

डिफेन्डर जोआओ क्यान्सेलोलाई पेनाल्टी क्षेत्रभित्र लडाए पछि रेफ्रिले पेनाल्टी दिए । मिरालेम प्यानिचले त्यसमा सहजै गोल गरे ।

दोस्रो हाफमा पनि युभेन्टसले पेनाल्टी पायो र प्यानिचले त्यसमा पनि कुनै गल्ती नगरी टोलीलाई २-० को अग्रता दिलाए । यता भ्यालेन्सियाले खेलको अन्तिम समयमा पाएको पेनाल्टी भने कप्तान परेहोले गोल गर्न सकेनन् । 

रातो कार्ड पाएका रोनाल्डो अर्को खेलमा पनि उपलब्ध हुने छैनन् । यद्यपि क्लबले यूईएफए समक्ष अपिल गर्ने सम्भावना पनि छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।