शुक्रबार, भदौ ५, २०८३

शेरबहादुर तामाङको गुनासो– अहिलेको सरकार त मेलम्ची पुग्दै पुगेन

नेकपा एमालेका सांसद शेरबहादुर तामाङले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर तत्काल राहत र पुनःस्थापनाको काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
 |  मंगलबार, साउन २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०७८

काठमाडौं– नेकपा एमालेका सांसद शेरबहादुर तामाङले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर तत्काल राहत र पुनःस्थापनाको काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्। 

प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा उनले यस्तो माग गरेका हुन्। 

‘मेलम्ची, हेलम्बु रोइरहेको छ। बाढी पहिरोले क्षतिग्रस्त क्षेत्रमा अहिलेसम्म सरकारी राहतको नाममा एक गेडा चामल र एउटा पाल पनि पुगेको छैन। यसमा सरकारको ध्यान जाओस्।’

गत असार १ गते मेलम्चीमा बाढी आउँदा तत्कालीन केपी ओली सरकारले तत्काल उद्धार र राहतको काम अघि बढाएको दाबी गर्दै उनले अहिलेको सरकारले मेलम्चीको बाढी नदेखेको गुनासो गरे। तामाङ सिन्धुपाल्चोकका जनप्रतिनिधि हुन्। 

प्रकाशित: Aug 10, 2021| 13:42 मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...