शनिबार, चैत १४, २०८२

फिलिपिन्ससँग नेपाल पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं-राजधानीमा शुरु भएको एएफसी यु-१६ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपालको यु-१६ महिला टोली फिलिपिन्सको यु-१६ टिमसँग ४-० ले पराजित भएको हो ।

हल्चोकस्थित नेपाल एपीएफ क्लबको खेल मैदानमा बुधबार भएको खेलमा नेपालले कुनै पनि समय फिलिपिन्सको पोस्टमा आक्रमण गर्न सकेन । 

फिलिपिन्सको जितमा कप्तान मारिया लाजोले दुई तथा मिकाइला भिलासिन र सिमोन्स्ले समान १ गोल गरिन् ।

लगातार दवावमा खेलेको नेपालले फिलिपिन्सलाई पहिलो हाफमा २-० ले पछि परेको थियो । कप्तान मारयाले ४२ औं र पहिलो हाफको इन्जुरी समयमा गोल गरेपछि नेपाल पहिलो हाफमा २-० ले पछि परेको थियो ।

७५औं मिनेटमा सिमोनसले गोल गर्दै खेललाई ३-० को स्थीतमिा पुर्याएको थियो । ८५औं मिनेटमा भिलासिनले गोल गरेपछि नेपाल खेलमा ४-० ले पराजित हुन पुग्यो । 

बुधबारै भएको पहिलो खेलमा म्यानमारले मलेसियामाथि ३-० को सहज जित निकालेको छ ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।