शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • शहिद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा एनआरटी र आर्मी भिड्दै

शहिद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा एनआरटी र आर्मी भिड्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-असोज दोस्रो साताबाट सुरु हुने शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेलमा एनआरटी र विभागीय टोली त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा एनआरटी र आर्मीले प्रतिस्पर्धा गर्ने भएको हो । माघ १६ सम्म चल्ने उक्त लिगको उद्घाटन खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ । 

उद्घाटन खेल अपरान्ह ३ बजे सुरु हुने एन्फाले जनाएको छ । पहिलो दिन एक मात्र खेल हुनेछ भने दोस्रो दिनबाट दुई खेल हुनेछ । लिगमा १४ ‘ए’ डिभिजन क्लबले खेल्ने छन् ।

राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछ । पहिलो चरणका ७ खेल मध्येमा असोज १३  एनआरटी क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने छ । 

असोज १४ गते ब्रिगेड ब्वाइज क्लब र मनाङ मर्स्याङ्दी क्लब, असोज १४ गते मछिन्द्र क्लब र च्यासल युथ क्लब, असोज १५ गते फ्रेन्ड्स क्लब र थ्री स्टार क्लब, असोज १५ गते जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब, असोज १६ गते हिमालयन शेर्पा र एपीएफ क्लब तथा असोज १६ गते सरस्वती युथ क्लब र संकटा युथ क्लबबीच प्रतिस्पर्धा हुने छ ।

लिगको विजेताले ५० लाख पाउने जानकारी दिएको हो । यस्तै लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछन् । लिगको उपविजेताले ३५ लाख र तेस्रोले २५ लाख पाउने जनाएको छ ।

त्यस्तै लिगको चौथो टोलीले १५ लाख, पाँचौ टोलीले ७ लाख र छैटौंले ५ लाख पाउनेछन् । फेयर प्ले टिमले एक लाख पाउने छन् । प्रत्येक खेल जिते बापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार दिने छन् । लिगको तयारीको लागि एन्फाले क्लबलाई २० लाख उपलब्ध गराउने छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।