आइतबार, चैत १९, २०७९
  • गृहपृष्ठ
  • प्रदेश
  • डोल्पामा एमाले र माओवादी कार्यकर्ताबीच झडप, चारजना घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लगियो

डोल्पामा एमाले र माओवादी कार्यकर्ताबीच झडप, चारजना घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लगियो

जगदुल्ला गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने थापा गाउँमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा दुवै पक्षका गरेर नौ जना घाइते भएका हुन्।
 |  सोमबार, मंसिर २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९

डोल्पाको जगदुल्ला गाउँपालिकामा झडप हुँदा नौ जना घाइते भएका छन्। गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने थापा गाउँमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा दुवै पक्षका गरेर नौ जना घाइते भएका हुन्।

National life insurance

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार राति नौ बजेतिर झडप भएको हो। झडपमा एमालेका चार र माओवादीका पाँचजना घाइते भएका छन्।

घटनाबारे आज बिहानमात्रै जानकारी आएको प्रहरी कार्यालयले जनाएको छ। घाइते हुनेमा वडा नम्बर ३ बस्ने एमाले समर्थक वर्ष ४२ कन जालपा बोहोरा, वर्ष ३८ का भद्र बोहोरा, वर्ष १२ का कृष्णजंग बोहोरा, वर्ष ५० शान्ता बोहोरा र माओवादी समर्थक सोही वडाकै वर्ष ५९ का बिर्ख बोहोरा, वर्ष १८ का लक्ष्मण बोहोरा, वर्ष ५४ का गोरसिंह बोहोरा, वर्ष २६ का पबिन्द्र बोहोरा र वर्ष २१ जगत बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक निरञ्जन थापाले जानकारी दिए।

मादक पदार्थ सेवन गरेर उनीहरुले झगडा गरेको प्रहरीको भनाइ छ। घाइते चार जनालाई हेलिकप्टर चार्टर गरेर काठमाडौं लगिएको छ।

पाँच जना सामान्य घाइते भएकाले स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि घर फर्किएका छन्। उपचारका लागि काठमाडौं लगिएका चारजनाको स्वास्थ्य अवस्था मध्यम रहेको बताइएको छ।

worldlink

सामान्य कुरामा विवादपछि दोहोरो झडप हुँदा हात हालाहाल भएको र एक पक्षले अर्को पक्षलाई ढुंगा प्रहार गरी घाइते बनाएको पीडितले जनाएका छन्। घाइते अधिकांशको टाउकोमा चोट लागेको भाइतेका आफन्त बिजय बोहोराले जानकारी दिए।

प्रकाशित: Dec 12, 2022| 05:16. 55 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।